२४ असार, भद्रपुर । भद्रपुरका पुराना, झापाका अगुवा व्यवसायी तथा समाजसेवी व्यक्तित्व पर्शुराम अग्रवालको निधन भएको छ । उनको उपचारको क्रममा भारतको सिलगढीमा हिजो राती ९ बजे निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनी ६१ वर्षका थिए ।
उनको पार्थिव शरिरलाई शिलगढीबाट अहिले बिहान ६ बजे भद्रपुर ल्याउदै गरेको पारिवारीक श्रोतले जनाएको छ । उनलाई कोरोना पोजेटीभ भएर केही समयदेखि भारतको सिलगढी स्थित माहाराजा नर्सिडहोसमा उपचाररत थिए । उनका पत्नि, १ छोरा र ४ छोरीहरु रहेका छन् । पर्शुरामको निधनले भद्रपुर मात्र होइन झापालाइ नै अतुलनिय क्षति भएको छ ।
Advertisement







