• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड


  •    संवाददाता/ बुधबार, असार २३, २०७८  

  • असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बुधबार सेयर बाँडफाँड गरेको हो ।

    सेयर आवेदन दिएका मध्ये १ लाख ८४ हजार ८०१ जनाले १०/१० कित्ताका दरले र ५ जनाले ११/११ कित्ता सेयर पाएका छन् । १८ लाख ३३ हजार ५०७ जनाले भने सेयर पाएनन् ।

    Advertisement

    असार ११ गतेदेखि सार्वजनिक निष्कासन खुला गरेको कम्पनीको सेयरका लागि २० लाख ६० हजार आवेदकबाट ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँको ३ करोड ९ लाख १० हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।

    Advertisement

    कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

    ४१ करोड ६ लाख ७० हजार चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तको सञ्चित तथा जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख १० हजार रहेको छ ।

    आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी अझै बढी रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको थियो ।

    जीवन विकास समाज नामक फिन्गोबाट लघुवित्त कारोबार गर्दै आएको संस्थाले राष्ट्र बैंकको फिन्गोलाई लघुवित्तमा रूपान्तरण गर्ने नीतिअनुरूप लघुवित्तमा रूपान्तरण भएको थियो । कम्पनीलाई लघुवित्त क्षेत्रकै उत्कृष्ट कम्पनीको रूपमा लिने गरिन्छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.