३ असार, झापा । झापाकी सजु बुढाथोकीले कोभिड हिरो अवार्ड पाएकी छिन । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले उनलाई सो अवार्ड प्रदान गरेको हो । कोरोना भाइरसको दोश्रो महामारीका बेला झापाका १५ वटै स्थानिय तहमा पुगेर कोभिड आइसोलेसन सेन्टरमा रहेका बिरामीहरुका लागि स्वस्थवद्र्धक खाद्य सामाग्री र मास्क, साबुन, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यमा खटिएको भन्दै संस्थाले बुढाथोकीलाई कोभिड हिरो अवार्ड प्रदान गरेको जनाइएको छ ।
देशका ७७ वटै जिल्लामा विस्तार भएको योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले देशभरबाट ५ जनालाई यो अवार्ड दिएको बताईएको छ ।
भर्र्चअल माध्यमबाट भएको अवार्ड घोषणा कार्यक्रममा संस्थाका अध्यक्ष ओम उप्रेतीले योगदान राष्ट्रका लागिको झापा टिमले उत्कृष्ट कार्य गरेको भन्दै प्रसंसा गरे ।
Advertisement







