काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीमाथिको आक्रमण दण्डनीय हुने बताएका छन् ।
शुक्रबार (आज) देशबासीका नाममा सम्बोधन गर्दै उनले अग्रपंक्तिमा रहेर नागरिकको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै दण्डित गरिने बताएका छन् ।
Advertisement







