२ जेष्ठ, चितवन । कोरोना महामारीका कारण जारी लकडाउन बढ्दै जाँदा यसको असर समाजका सबैजसो क्षेत्रमा देखिएको छ । त्यसमा पनि शिक्षा क्षेत्र सबैभन्दा बढि प्रभावित भएको छ ।

यसै सन्दर्भमा चितवनमा संचालित सामाजिक संस्था ‘सेभ द माइन्ड नेपाल’ ले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि सहयोग अभियान जारी राखेको छ । संस्थाले आज कालिका १० मा रहेको सुनौलो किरण होस्टेलमा रहेका विधार्थीहरुका लागि अति आवश्यकिय खाद्य सामाग्री प्रदान गरेको छ । सेभ द माइन्डकी अध्यक्ष पुजा भुसालको नेतृत्वमा ग्याँस सिलिन्डर, चुल्हो, चामल, नुन, तेल, तरकारी र साबुन सहित करिब एक महिनालाई पुग्ने अत्यावश्यक सामाग्री प्रदान गरिएको हो ।
सेभ द माइन्ड नेपालमार्फत हाल अमेरिकामा रहेका समाजसेवी एरो स्पेस इन्जिनियर राजिव प्रसाद श्रेष्ठका तर्फबाट प्रात रकमबाट उक्त सहयोग गरिएको अध्यक्ष भुसालले जानकारी दिईन । होस्टलमा रहेका ३४ विद्यार्थीहरु भोकभोकै रहेको भन्ने समाचार समाजिक संजाल मार्फत थाह पाएपछी सहयोग जुटाएर त्यहाँसम्म पुगेको से भद माइन्ड नेपालकि बोर्ड सदस्य रिता पाठकले बताईन । कार्यक्रममा युवा ब्यबसायी प्रमोद भन्डारी लगायतको उपस्थिति रहेको थियो ।

सेभ द माइन्डले यस अघि पनि दृष्टि बिहिन, अपांगता भएकाहरु, समलिङ्गी तेस्रोलिङ्गी, सडकमानवहरु तथा समस्यामा परेका जेष्ठ नागरिकहरु लाई घर घरमै पुगि औसधी, खाद्यान्न लगायतका आवश्यक सहयोग गर्दै आएको अध्यक्ष भुसालले बताईन ।







