१ जेष्ठ, दमक । झापाको दमकमा रहेको असहाय मानव सेवा समाजले काकडभिट्टामा संचालित हेल्पडेस्कलाई चाउचाउ, बिस्कुट र पानी सहितका अत्यावश्यक खाद्य सामाग्री प्रदान गरेको छ ।आज दमकमा आयोजित संक्षिप्त कार्यक्रममा समाजकी उपाध्यक्ष सजु बुढाथोकी नेतृत्वको समुहले १० कार्टुन चाउचाउ , १० बन्डल बिस्कुट १० कार्टुन पानी हेल्पडेस्कका भोला थापालाई हस्तान्तरण गरेको हो ।
मेची सिमा नाकाबाट स्वदेश प्रबेश गर्ने नेपालीहरुले अनिवार्य कोरोना परिक्षण गर्नु पर्ने, रिपोर्ट नआए सम्म पर्खिनु पर्ने र गन्तव्य स्थानमा पुग्न केही समय लाग्ने हुनाले त्यँहा रिपोर्ट पर्खिनेहरुका लागि सहयोग होस भन्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको समाजकी उपाध्यक्ष बुढाथोकीले बताईन । कतिपय नेपालीहरु भारतबाट भोकै तिर्खै पनि आइपुग्ने भएकोले उनीहरुका लागि थोरै भए पनि राहत प्रदान गर्ने कोसिस गरेको उनको भनाई छ । सो अवसरमा संस्थाकी कोषाध्यक्ष सीता उप्रेती र सदस्य श्याम तिम्सिनाको समेत उपस्तिथि रहेकोे थियो ।
अघिल्लो पटकको लकडाउनको समयमा पनि असहाय मानव सेवा समाजले ३ महिनासम्म निशुल्क भोजन वितरण गर्नुका साथै अन्य सामाजिक सेवाका कामहरु गर्दै आएको संस्थाले जनाएको छ ।







