झापा । एमाले निकट नेपाल खेलकुद महासंघ झापा शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
महासङ्घको अभियान अन्तरगत झापा शाखाले स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
महासङ्घका स्थाइ कमिटी सदस्य, राजकुमार थापा, चन्द्र प्रसाईं तथा सचिवालय सदस्य रबिन खरेल,तारा खतिवडा,सुबास मेचे, केन्द्रीय सदस्य,सुरज रिङ्गालिङ,रबिन ओझा लगायतको सक्रियतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।
जिल्ला ट्राफिक कार्यलय परिसरमा आयोजित एक कार्यक्रममा कोभिड ब्याबस्थापनमा अग्रभागमा खटिने लाई स्वास्थ्य सामाग्री बितरण गरिने योजना रहेकाले यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष हिमाल कङ्दङ्वाले जानकारी दिए।
अहिले कोभिडको महामारिमा महासङ्घको भुमिकालाइ नेपालभर परिचालित गरिएको र आयोजकले नै ब्यबस्थापन गरिदै आएको,लेखा आयोग सदस्य राज कुमार ओलीले बताए।
महासङ्घ झापाका सचिव भवानी बरालले सन्चालन गरेको हस्तान्तरण कार्यक्रम झापा अध्यक्ष कङ्दङ्वाले सहजिकरण गरेका थिए।
यो अभियान झापाका दमक,गौरादह, शिवसाताक्षि,,कन्काइ, बिर्तामोड ,मेचिनगर र भद्रपुरमा स्थानिय तह सम्म नै सन्चालन गरिने महासङ्घले बताएको छ।







