बिर्तामोड । झापाका २१ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
केहिदिन अगाडि भारत गएर आएका एकजना पत्रकार को मृत्यु भएको छ। कोरोना महामारीका बिच अग्रभागमा रहेर काम गर्ने संचारकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ।
हाल ९ जना होम आइसोलेसनमा छन् ।
Advertisement
कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढेपछि झापामा गत २२ गतेबाट जील्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गरीएको छ । हिजो सम्म निषेधाज्ञाको अवधिमा केहि सहज रहेपनि आजबाट थप कडाई जील्ला प्रहरी कार्यालयले जनाएको छ ।







