• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुई दिनको अन्तरमा सुनसरीमा कोरोनाबाट आमा छोराको मृत्यु


  •    संवाददाता/ शनिबार, बैशाख १८, २०७८  

  • १८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो ।

    बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

    Advertisement

    ८४ वर्षीय आमाको मृत्यु भएकै दिन ६५ वर्षीय छोरालाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो । विराटबाट थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

    Advertisement

    केन्द्रका संयोजक बैजनाथ साहका ती पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा मुटु र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

    इनरुवा नगरपालिका–३ का वडाध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

    नोबेलमा तीन र विराटमा एकजना संक्रमितको मृत्यु

    कोरोना संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा पनि एकजनाको मृत्यु भएको छ ।

    नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर महानगरपालिका–३ का ५५ वर्षीय पुरुषको शनिबार बिहान पौने ६ बजेतिर मृत्यु भएको हो । मृतक पुरुषको कोशी अस्पताल विराटनगरमा पीसीआर परीक्षण गराउँदा वैशाख १५ गते रिपोर्ट पोजिटिभ आएको थियो । श्वासप्रश्वासमा अचानक समस्या भएपछि उपचारका लागि शुक्रबार बिहान ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

    सप्तरीको राजविराज–९ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान पनि बिहान पौने ६ बजेतिर मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि शुक्रबार दिउँसो १ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।

    नोबेलमै उपचाररत महोत्तरी घर भएका ३५ वर्षीय पुरुषको पनि बिहान सवा ६ बजे मृत्यु भएको छ ।

    विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ११ गते भर्ना भएका ६५ वर्षीय पुरुषको शनिबार दिउँसो कोरोना पोजेटिभ देखिएको थियो । उनलाई मुटु सम्बन्धी पुरानै रोग रहेको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.