• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिनका लागि बन्द


  •    संवाददाता/ बिहिबार, बैशाख ०९, २०७८  

  • बैशाख ९, धनकुटा । विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नौ दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन समिति सीसीएमसीको आकस्मिक बैठकले बिहीवार आजदेखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    धनकुटा नगरपालिका ६ मा रहेको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

    Advertisement

    ती छात्रमा ज्वरोसहित निमोनिया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा १० जनाभन्दा धेरै विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ । विद्यार्थीमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरिएपछि लक्षण देखिएका सबै विद्यार्थीको पीसीआर परीक्षण सुरु गरिएको छ ।

    Advertisement

    धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका सीसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्था बन्द गर्न आह्वान गरेका छन् । ​

    प्रकाशित सूचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी अनलाइन वा वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ ।

    धनकुटामा अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई रहेको छ ।

    उज्यालो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.