• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालबालिकामा संक्रमण दर बढ्यो :३५ सय बढी संक्रमित, १० जनाको मृत्यु


  •    संवाददाता/ सोमबार, बैशाख ०६, २०७८  

  • बैशाख ५, काठमाडौं । नेपालमा कम उमेर समूहका बालबालिकामा संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या बढेसँगै बालबालिका पनि उच्च जोखिम बढेको मन्त्रालयका प्रा।डा। जागेश्वर गौतमले बताए । पछिल्लो समय संक्रमण बढेसँगै ३ हजार ५ सय ६५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण १० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । अघिल्लो पटक महामारी फैलँदा बालबालिका तुलनात्मक रुपमा खासै प्रभावित थिएनन् । पछिल्लो तीन हप्तायता कोरोना संक्रमणको नयाँ भेरिएन्टबाट शहरी क्षेत्रका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

    कोरोनामा पुरानै गल्ती दोहोर्‍याउँदै सरकार

    Advertisement

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका विद्यालयले बन्द गर्न वैशाख २ गते अपिल नै जारी गरिसकेको छ । सिंहदरबारमा शनिबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

    Advertisement

    विद्यालयको पठन पाठन भने बन्द नगरी अनलाइन माध्यमबाट पढाउने गरी शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीले सिफारिस गरेको हो । प्रदेश र स्थानीय तहले भने विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय आफै गर्न पाउने छन् । सीसीएमसीले मन्त्रिपरिषद्लाई ४ गते गरेको सिफारिस स्वीकृत गरेको खण्डमा यो लागू हुनेछ ।

    यता अति प्रभावित १४ जिल्लामा भौतिक रुपमा विद्यार्थीको उपस्थितिलाई नै जोड दिएमा बालबालिकाको संक्रमण ह्वात्तै बढ्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले चेतावनी दिए । ‘अन्य निकायलाई बालबालिकाको संक्रमण दर कम भए जस्तो लाग्न सक्छ,’ उनले भने, ‘जनस्वास्थ्यका हिसाबले बालबालिकामा संक्रमण दर डरलाग्दो तरिकाले बढ्दैछ ।’

    सरकारलाई तत्काल स्कुल बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन
    नयाँ भेरिएन्टहरुको संक्रमण गति तीव्र भएकाले बालबालिका चाँडै प्रभावित हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताए । ‘संक्रमण यी यी कारणले हुन्छ भन्ने थाहा पाएका व्यक्तिले नै जनस्वास्थ्य मापदण्ड पालना नगर्दा गाह्रो भयो,’ उनी भन्छन्, ‘स—साना बालबालिकालाई मास्क लगाऊ भन्दा एकछिन लगाउँछन् अनि खोली दिन्छन्, स्वास्थ्य सुरक्षाका मापदण्ड एकछिन पालना गर्छन्, छिनमै उनीहरुले भुलिदिन्छन्, अन्य साथीसँग खेल्ने चल्न तिर लाग्छन् ।’

    बालबालिका कोरोना संक्रमित भएपछि पोष्ट कोभिड सिन्ड्रोम देखिने सम्भावना उच्च रहेको प्रमुख निर्देशक डा। पौडेलको भनाइ छ । नयाँ भेरिएन्ट कोरोना संक्रमण सबै उमेर समूहका व्यक्तिलाई भएपनि तुलनात्मक रुपमा कम उमेर समूहका बालबालिका प्रभावित भएको निर्देशक डा। पौडेलेले बताए । सामान्य रुघाखोकी लाग्ने कोरोना परीक्षणको दायरामा नआएको कारण अझै धेरै संक्रमित भएको हुनसक्ने उनले सुनाए ।

    कोरोना संक्रमितमध्ये पोखरामा ५० प्रतिशतमा यूके भेरिएन्ट पुष्टि भएको छ । ५० प्रतिशतमध्ये २० प्रतिशत बालबालिका संक्रमित भएका छन् । मुख्यमुख्य शहरहरुमा संक्रमितको संख्या दुई सयभन्दा बढी नाघिसकेको छ । बालबालिका संक्रमित भएर कम लक्षण देखिएपनि उनीहरुबाट संक्रमण तीव्र गतिमा सर्न सक्ने अध्ययनहरुले देखाएको उनले बताए ।

    सिफ्टमा विद्यालय चलाउन शिक्षा मन्त्रालयको आग्रह
    अति प्रभावित जिल्लामध्ये उपत्यकासँगै पोखरा लगायतका ठाउँमा बालबालिकालाई भौतिक उपस्थितिमा जोड दिनुको साटो वैकल्पिक बाटाहरु रोज्नुपर्नेमा जनस्वास्थ्यविद्हरुले जोड दिदैँ आइरहेका छन् । अति प्रभावित जिल्लामा सम्बन्धित निकायले बालबालिकाको अवस्था हेरेर निर्णय लिने उनले विश्वास व्यक्त गरे ।

    स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई घोषणा गरेको छ ।

    यता, विद्यालय बन्द गर्ने बारे ठोस निर्णय नहुँदा अभिभावकहरु आफ्ना बालबालिकालाई विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारमा परेका छन् ।

    विद्यालयमा भेटिएका विद्यार्थी र अभिभावक कोरोनासँग डराउँदै यसो भन्छन्

    बालबालिकामा धमाधम नयाँ भरिएन्ट देखिएको सम्बन्धित निकायले भनिरहँदा किन र कसरी बालबालिका सिधै प्रभावित भए भन्ने विषय अध्ययनको विषय बनेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । यही तरिकाले अन्य उमेर समूहका झैँ साना बालबालिकामा संक्रमण बढे कस्तो अवस्था आउँछ भन्ने विषयमा गम्भीर बन्ने बेला आएको उनले बताए । ‘नयाँ भेरिएन्टको संक्रमण दर तीव्र छ,’ उनले भने, ‘हालसम्म बालबालिका, युवा, वयस्क, ज्येष्ठ नागरिकमा कस्तो असर पार्छ भन्ने अध्ययनको विषय बनिरहेको छ ।’

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ८४ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार १५ जना र ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लामा भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौंमा ३२६ जना छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.