• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाँकेमा कोभिड संक्रमितको तथ्यांक उच्च, १८३ जनाको परीक्षणमा १२७ जनामा कोरोना


  •    संवाददाता/ शुक्रबार, बैशाख ०३, २०७८  

  • काठमाडौं । पछिल्लो साता बाँकेको नेपालगञ्जमा क्षेत्रमा कोभिड १९ संक्रमितको तथ्यांक उच्च देखिएको छ ।

    बिहीबारसम्म संकलन गरिएका नमूनामध्ये भेरी अस्पतालमा मात्रै १८३ जनाको परीक्षण गर्दा १२७ जनाको नतिजा पोजेटिभ आएको छ ।

    Advertisement

    त्यस्तै नेपालगञ्ज मेकिडल कलेजमा विगत २४ घण्टामा ४५ जनाको परीक्षण गरिएकोमा ४५ जनाकै नतिजा पेजेटिभ देखिएको छ ।

    Advertisement

    बिहीबारसम्म नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै संक्रमितको संख्या २ हजार ७७६ जना पुगेको उपमहानगरका कोभिड फोकल पर्सन रामबहादुर चन्दले बताए ।

    नेपालगञ्जमा तीनवटा प्रयोगशालाबाट परीक्षण हुँदै आएको छ जसमध्ये दुईवटाको पछिल्लो चौबीस घण्टाको नतिजा उच्च देखिएको हो ।

    भेरी अस्पतालका सूचना अधिकारी संकेत कुमार रिसालका अनुसार कूल १२५ मध्ये ७२ वटा बेड कोभिड संक्रमितले भरिएका छन् भने दैनिक १० जनाभन्दा बढी संक्रमित बेडका लागि पर्खिने गरेका छन् ।

    रिसालले भने, “अरु रोगका बिरामी धमाधम डिस्चार्ज गरेर कोभिडका बिरामी भर्ना लिन थालेका छौं त्यति गर्दा पनि सबैलाई भर्ना लिन सकिएको छैन, परीक्षण गर्नेको भीड पनि उस्तै छ यही दरमा संक्रमित बढ्दैगए कसरी धान्ने भन्नेमा अस्पतालमा छलफल सुरु भएको छ ।”

    संक्रमितमध्ये ८० प्रतिशत बाँके जिल्लाका समुदायबाटै आउने रहेको र उनीहरुको कुनै ट्राभल हिस्ट्री नरहेको रिसालले बताए ।

    जिल्लाका खजुरा, राप्तीसोनारी लगायतका क्षेत्रबाट संक्रमित धेरै आउने गरेका छन् भने अधिकांस संक्रमित १८ देखि ४० बर्षसम्मका र ७५ बर्षमाथिका ज्येष्ठ नागरिक छन् ।

    त्यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार गरिएको परीक्षणमा सतप्रतिशत नतिजा पोजेटिभ आएको छ, कलेजमा ४५ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजो पोजेटिभ देखिएको हो ।

    अस्पताल प्रशासनका अनुसार नेपालगञ्ज क्षेत्रमा संक्रमितको संख्या उच्च हुँदै गएपछि आजदेखि नेपालगञ्ज मेडिकल कलेजमा पनि कोभिड संक्रमितको भर्ना लिइने भएको छ ।

    पछिल्लो समय देखिएको संक्रमितको संख्या नियन्त्रणका लागि उपमहानगरले भारतका सीमा नाकामा कडाइ गरिरहेको, जिल्लाबाट अत्यावश्यक कामबाहेक अन्य प्रयोजनका लागि बाहिर जान बन्द गरिएको र आइतबारदेखि नगर क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गरिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले बताए ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.