बिर्तामोड । झापाको बिर्तामोडमा पिसिएस प्रोडक्सन हाउस कम्पनीको आयोजनामा शनिबार राती सम्पन्न प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मेघ्ना भट्टराईले राइजिङ्ग मोडल झापा २०२ को ताज पहिरिएकी हुन् ।
राइजिङ्ग मोडल झापाको उपाधिसँगै भट्टराईले मिस ट्यालेन्ट उपाधि समेत हात पारिन् । प्रतियोगिताको फस्ट रनरअप, मिस वेष्ट वर्कको उपाधि बिर्तामोडकी आसिका श्रेष्ठले हात पारिन् भने सेकेण्ड रनरअप, पङचुवलको उपाधि रोहिनी बस्नेले हात पारिन् । त्यसैगरी अर्गनाइजर च्वाइज अभिषेक रिजाल, मिस कन्फिडेन्स आतुष पोख्ररेल, मस्ट डिसिप्लेन साजन आङदाम्बे, मिस फ्रेन्डली ममता राजवंशी र मिस पङच्वलीटि आस्मा कडरिया घोषित भएको जानकारी इभेन्ट मेनेजर सुशील निरौलाले दिए ।
प्रतियोगिताको निर्णायकहरुमा र्आसु मर्हजन, मेरिना विश्वकर्मा र सनिस शाक्य रहेका थिए । उक्त प्रतियोगिताको कोरियोग्राफर एलिसा पोख्ररेल र सोनिका राजवंशीले गरेका थिए।
कम्पनीका अध्यक्ष पुकार कार्कीको अध्यक्षतामा सम्पन्न फाइनल प्रतियोगिताको प्रमुख अतिथि विर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतरा प्रसाई रहेकी थिइन् ।
सुमन शर्माले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका मेनेजिङ डाइरेक्टर चेतन बस्नेतले धन्यवाद मन्तव्य राखेका थिए भने प्रोग्राम कोअडिनेटर अनुमा राईले स्वागत गरेकी थिइन् ।







