• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आउँदो जेठदेखि ७० प्रतिशत अङ्क ल्याए लाइसेन्सको ट्रायल पास


  •    संवाददाता/ शुक्रबार, चैत २७, २०७७  

  • काठमाडौं । आउँदो जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।

    जेठ १ देखि लागू हुने गरेर सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित र प्रयोगात्मक दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

    Advertisement

    अहिले प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने भए पनि नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक(फरक अङ्कभारको व्यवस्था गरिएको छ र ७० अङ्क ल्याएमा लाइसेन्सको ट्रायल पास हुने व्यवस्था गरिएको छ । यो व्यवस्थापछि सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनु पर्दैन ।

    Advertisement

    यसअघि प्रयोगात्मक परीक्षा पास गर्ने दर २० देखि ३० प्रतिशतमात्रै थियो । नेपालको जस्तै व्यवस्था भएको भारतलगायत देशहरुमा अध्ययन गर्दा यो अलि अव्यावहारिक भएको पाइएकाले परीक्षाको मोडालिटी परिवर्तन गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

    उनले भने, भारत, चीन, अमेरिकालगायत देशहरुको अध्ययन गर्दा नेपालको प्रयोगात्मक परीक्षाको व्यवस्था कठिन, जटिल, असहज र सेवाग्राही मैत्री नभएको हामीहरुको निष्कर्ष रह्यो । यसलाई थप सहज बनाउन हामीहरुले नयाँ मोडालिटी ल्याएका हौँ ।’

    गएको चैत ६ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले चालक अनुमतिपत्र परीक्षा सञ्चालनका लागि नयाँ कार्यविधि निर्देशिका ल्याउन निर्णय गरेको थियो । मन्त्रालयको सैद्धान्तिक स्वीकृति अनुसार विभागले जेठ १ गतेदेखि लागू हुने गरेर कार्यान्वयनमा लैजान लागेको हो ।

    अङ्कभार विभाजन गर्नुको अर्थ

    अहिलेसम्म ट्रायल सेन्टरमा हेरेकै भरमा पास र फेल गर्ने गरिन्छ । अब भने प्रयोगात्मक परीक्षा लिने ठाउँमा प्रशिक्षार्थीले जे(जे गतिविधि गर्छन् त्यसको मूल्याङ्कन हुने भएको छ । त्यसका लागि विभिन्न चरणहरुमा प्रशिक्षार्थीलाई नम्बर दिइनेछ ।

    यसअघि शतप्रतिशत अङ्क ल्याएमा मात्रै उत्तीर्ण हुने गरेकामा अब भने १०० पूर्णाङ्कमा ७० प्रतिशत अङ्क ल्याउनेहरु पास हुनेछन् । विभागका सूचना अधिकारी भुषालले अहिलेसम्म सयमा सय नै ल्याउनुपर्ने भन्ने कुरा आफूहरुलाई अव्यावहारिक र अस्वाभाविक लागेर नै यस्तो व्यवस्था गरिएको बताए ।

    अरु क्षेत्रमा शतप्रतिशत अङ्क ल्याउन भए पनि चालक अनुमतिपत्रका लागि भने शतप्रतिशतको मापदण्ड रहेकाले त्यसलाई परिमार्जन गरिएको उनले बताएका छन् । अमेरिकाजस्तो विकसित देशमा पनि १५ वटासम्म गल्ती गर्नेहरुलाई पास गराउने अभ्यास रहेकाले हाम्रोमा रहेको व्यवस्था अस्वाभाविक रहेको निष्कर्ष निकालिएको भुसालको भनाइ रहेको छ ।

    नयाँ व्यवस्थाले अयोग्यले पनि लाइसेन्स पाउने सम्भावना कति ?

    चालकको लापरबाहीका कारण दुर्घटनाहरु हुने गरेका छन् । अहिलेसम्मको अभ्यासले शतप्रतिशत अङ्क ल्याएर लाइसेन्स प्राप्त गर्नेहरु पनि दुर्घटनामा परेका छन् । कतिपय व्यक्तिहरुले नयाँ मोडालिटीअनुसार जस्तो व्यक्तिले पनि लाइसेन्स पाउने समस्या रहने र दुर्घटना बढ्न सक्ने आशङ्का गरे पनि त्यस्तो नहुने यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसालको भनाइ छ ।

    नयाँ व्यवस्थाले अयोग्य व्यक्तिले पनि लाइसेन्स पाउने सम्भावना नहुने भन्दै उनले अहिलेसम्मको व्यवस्थालाई थप व्यवस्थित बनाउन मात्रै खोजिएको बताए । ट्रायल सेन्टरमा १० मिनेटमा गरिएको परीक्षाको आधारमा मात्रै चालकले लापरबाही गर्नेरनगर्ने कुराको ग्यारेन्टी गर्न नसकिने उनको भनाइ छ ।

    उज्यालो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.