नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।
लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरेका छन् ।
Advertisement
लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो । यसपटक भने टोली पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।







