झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलद्वारा शिक्षकहरुका लागि आयोजना गरेको दुई दिवसीय तालिम सम्पन्न भएको छ ।
लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा भएको तालिममा अर्जुनधारा एकाडेमी, हट्टिनेस मन्टेश्वरी स्कुल, निदि अंग्रेजी स्कुल, इडन गार्डेन स्कुल र लोटस प्रि स्कुलका शिक्षकहरुको सहभागिता रहेको थियो ।
उक्त तालिमको सहजीकरण इनसाइटफुल पाथवेज ट्रेनिङ कन्सल्टेन्ट्सका प्रशिक्षक पुष्पाञ्जली ठकुरी, फडिन्द्र दाहाल, कमला भट्टराई र विपिन घिमिरेले गरेका थिए । तालिममा शिक्षण सीप, कक्षा व्यवस्थापन, बालमनोविज्ञान, व्यावहारिक सिकाइ तथा बालमैत्री शिक्षण विधिबारे प्रशिक्षण दिइएको थियो ।
विद्यालयका सञ्चालक सरोज पौडेलले शिक्षकहरूको शिक्षण क्षमता थप प्रभावकारी बनाउँदै बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
उक्त तालिम समापन समारोहको अवसरमा शिक्षक महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज कट्टेल, उद्योग वाणिज्य संघ बिर्तामोडका कोषाध्यक्ष युवराज निरौला, आर्दश माध्यमिक विद्यालयका शिक्षक योगेन्द्र दाहाल, इडन गार्डेन स्कुलका सहायक प्रधानाध्यापक खेमराज शर्मा, लोटस प्रि स्कुलका प्रधानाध्यापक रमेशकुमार बानियाँ, शिक्षासेवी केशव मैनाली तथा तालिमका प्रशिक्षक फडिन्द्र दाहाल लगयातले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा सहभागी शिक्षकहरुले आआफनो विद्यालयको प्रतिनिधित्व गर्दै धारणा राखेको समापन समारोहको सञ्चालन लिङ्कन मन्टेश्वरी स्कुलका सञ्चालक सरोज पौडेलले गरेका थिए ।







