• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देशभर १०७ जनप्रतिनिधिको पद रिक्त


  •    संवाददाता/ मङ्गलबार, कार्तिक २५, २०८३  

  • देशभर १०७ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ ।

    निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् ।

    Advertisement

    कार्यकाल नसकिँदै स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरू राजीनामा दिएर २०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । २०८२ साल माघ ६ गते प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता थियो ।

    Advertisement

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा २ अनुसार गाउँपालिका वा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायतका पदाधिकारीको पद रिक्त भयो र उनीहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको छ भने उपनिर्वाचन गर्न सकिन्छ । तर अब भने २०७९ साल वैशाख ३० को निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन छ महिना बाँकी छ ।

    प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ अनुसार प्रदेश सभाको कुनै सदस्यको पद रिक्त हुँदा यदि उसको कार्यकाल छ महिनाभन्दा बढी बाँकी छ भने उपनिर्वाचन गराइन्छ ।

    २०७९ साल मंसिर ४ को निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्यको कार्यकाल भने एक वर्ष बढी बाँकी छ । सरकार र निर्वाचन आयोगले चाहेको खण्डमा प्रदेश सभाका रिक्त पदमा भने अझै निर्वाचन हुन सक्दछ ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ मा रिक्त पद पूर्ति गर्ने सम्बन्धी विशेष व्यवस्था छ । जसअनुसार कुनै सदस्यको पद पदावधि समाप्त नहुँदै रिक्त भयो र उसको कार्यकाल छ महिनाभन्दा बढी बाँकी रहेको अवस्थामा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.