नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौँ गोर्खाज अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सकेको हो ।
चितवनका रवि बोपाराले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
Advertisement
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेट गुमाएर १८० रन बनाएको थियो ।
यो जितसँगै पाँच खेलबाट आठ अंक जोडेको काठमाडौँ शीर्ष स्थानमा पुगेको छ । पाँच खेलमा दोस्रो हार बेहोरेको चितवन पाँच अंकसहित चौथो स्थानमा छ ।







