• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, कार्तिक २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुरमा भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १८, २०८३  

  • झापाको भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना र क्षमता उजागर गर्ने उद्देश्यले भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव आयोजना हुने भएको छ ।

    उक्त कार्यक्रमको उद्घाटन बुधबार बिहान ११ बजे मेची रंगशालामा हुनेछ ।

    Advertisement

    भद्रपुर नगरपालिकाको ७५औँ स्थापना वर्ष अर्थात् हीरक महोत्सवको अवसरमा कात्तिक १८ देखि २० गतेसम्म भद्रपुर-८ स्थित मेची रंगशालामा महोत्सव सञ्चालन हुने नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

    Advertisement

    ‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नगरभित्रका २७ सामुदायिक र ३१ संस्थागत गरी ५८ विद्यालय सहभागी हुने नगर शिक्षा प्रमुख पवित्रा ढकालले बताइन् ।

    महोत्सवमा लोकसांस्कृतिक नृत्य, विज्ञान प्रदर्शनी, चित्रकला, हस्तलेखन, हाजिरीजवाफ, चेस, कविता तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिनेछ ।

    त्यस्तै दोस्रो दिन विद्यालयबीच अनुभव आदानप्रदान तथा कृत्रिम बौद्धिकता अर्थात् एआईसम्बन्धी कार्यशाला आयोजना गरिने नगर उपप्रमुख राधा कार्कीले जानकारी दिइन् ।

    उक्त महोत्सव सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने र विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिने नगर शिक्षा शाखाका कर्मचारी योगेन्द्र पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    ताजा अपडेट
    • चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
    • कञ्चनमा देउसी-भैलोसहित सांस्कृतिक कार्यक्रम
    • विश्वकप छनोट प्ले-अफको खेल तालिका सार्वजनिक
    • विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन
    • लिङ्कन मन्टेश्वरीमा देउसी-भैलो खेल्दै शुभकामना आदानप्रदान
    • अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
    • एनपीएल: विराटनगर र काठमाडौँ तथा लुम्बिनी र जनकपुर खेल्दै
    • हुलाकमार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि
    • दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी
    • भद्रपुरमा भोलिदेखि तीनदिने विद्यार्थी महोत्सव

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.