• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लकडाउन हुँदैन सावधानी अपनाऔं ; प्रशासन


  •    संवाददाता/ शुक्रबार, चैत १३, २०७७  

  • काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन हुनेसक्ने हल्ला चलिरहेका बेला तत्काल लकडाउन नहुने प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइए पनि लकडाउन नै गर्ने तयारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो।

    प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तत्काल लकडाउन नगरिने बताए। ‘अहिले लकडाउन हुँदैन, बरु भीडभाड कम गर्ने र सतर्कता अपनाउनेतर्फ हामीले चासो दिनुपर्छ,’ उनले भने, ‘सर्वसाधारण आफै होसियार हुने हो भने प्रशासनलाई सहज हुन्छ।’ उनका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढेपनि ओहोरदोहोर भने निर्वाध भइरहेको छ।

    Advertisement

    ओहोरदोहोर कडाइ गर्ने र स्वास्थ्य मापदण्ड पालना गरेमा संक्रमण थप नफैलिने उनको भनाइ छ। ‘संक्रमण दर बढ्यो र थाम्न नसक्ने अवस्था पुगेमा मात्रै लकडाउन वा अन्य तयारी गर्नुपर्ने हुन्छ,’ प्रजिअ पराजुलीले भने, ‘लकडाउन नगर्नका लागि सबै सावधान हुन आवश्यक छ।’ उनले कोरोना संक्रमण दर बढ्ने देखिएपछि ठूलो संख्यामा भेला हुने कार्यक्रमहरू नगर्न मौखिक निर्देशन दिएको जानकारी दिए।

    Advertisement

    कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि उपत्यकाका तीनवटै प्रजिअबीच पूर्वतयारीको सम्बन्धमा बुधबार र बिहिबार छलफल भएको थियो। छलफलका क्रममा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ। उपत्यकामा संक्रमण बढे थप कडाई र लकडाउन समेत गरिने प्रशासनले जनाएको छ। स्वास्थ्य मन्त्रालयले पनि कोरोना संक्रमण दर बढे लकडाउन गर्न प्रशासनलाई सुझाव दिएको छ। मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयलाई अवस्था हेरेर लकडाउन वा भीडभाडबारे योजना बनाउन आग्रह गरेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले संक्रमण फैलिए लकडाउन हुनसक्ने बताए।

    उनले भने, ‘अहिले नै यसै भन्न सकिन्न, यदि संक्रमण दर बढ्यो भने प्रशासनले सजग बनाउन ओहोरदोहोर र भीडभाडमा कडाइ गर्छ।’ उनका अनुसार पछिल्लो समय उपत्यकामा ओहोरदोहोर र भीडभाड बढेको छ। सरकारले कडा लक्षण देखिएका बाहेक अन्य विरामीको पिसिआर परीक्षण गरेको छैन। परीक्षण दायर निकै कम भएकोले पनि संक्रमितको संख्या पनि कम देखिएको छ।

    भारतमा कोरोना संक्रमण दर बढेपछि सीमा क्षेत्रको सुरक्षामा थप कडाई गरिएको छ। नेपाल प्रहरीले सीमा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्नेलाई कडाई गरिएको बताएको छ। नेपाल प्रहरीमा प्रवक्ता एसएसपी बसन्त कुवँरले सीमा क्षेत्रमा पहिलेभन्दा कडाई गरिएको बताए। उनले सुरक्षा चेकजाच बाहेक स्वास्थ्य सुरक्षामा पनि प्रहरीले चासो दिएको जानकारी दिए। उनले भने, ‘भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्ने देखिएकोले हामीले सीमामा थप कडाइ गरेका छौं।’

    नागरिकदैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.