• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, कार्तिक ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मैत्रीपूर्ण फुटबलमा प्याब्सनको बाजी, बिर्तामोड नगरपालिका स्तब्ध


  •    संवाददाता/ शनिबार, कार्तिक ०१, २०८३  

  • नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उल्लासलाई खेलकुदमार्फत आपसी सद्भाव, भाइचारा र एकताको सूत्रमा जोड्ने उद्देश्यले झापाको बिर्तामोड नगरपालिका-२ द्वारा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि संस्थागत विद्यालय (प्याब्सन) को टोलीले जितेको छ ।

    प्रतियोगिताको फाइनल खेलमा संस्थागत विद्यालय(प्याब्सन) को टोलीले बिर्तामोड नगरपालिका कर्मचारी टोलीलाई रोमाञ्चक प्रतिस्पर्धामा ४ १ गोल हराउँदै उपाधि जितेको हो ।

    Advertisement

    संस्थागत विद्यालयको जितमा किरण बाबु भट्टराईले दुई तथा चन्द्रबहादुर गुरुङ र रोशन साहले एक-एक गोल गरेका थिए ।

    Advertisement

    उपाधिसँगै विजेता संस्थागत विद्यालयले नगद १५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता बिर्तामोड नगरपालिका कर्मचारी टोलीले १० हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।

    प्रतियोगितामा हाईगोल स्कोर चन्द्रबहादुर गुरुङ, बेस्ट फर्वड किरण बाबू भट्टराई, बेस्ट मेड मिल्डर बिक्रम बस्नेत, बेस्ट डिफेन्स केशब पोख्रेल र बेस्ट गोल किप्पर गौरव उप्रेती घोषित भएका छन् ।

    बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यता तथा वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा पर्यटन पत्रकार मञ्च झापा, बिर्तामोड नगरपालिका कर्मचारी टोली, शिक्षक महासङ्घ बिर्तामोड र संस्थागत विद्यालय (प्याब्सन) ले प्रतिस्पर्धा गरेका थिए ।

    चाडपर्वको अवसरमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय सञ्चालक, सञ्चारकर्मी, राजनीतिक दलका नेता तथा कार्यकर्ता र समाजसेवीलाई एउटै खेल मैदानमा जोड्दै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

    वडाध्यक्ष पौडेलले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिबीच आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्ने बताए ।

    कार्यक्रममा शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेल, प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, पत्रकार पुष्प बराल, एमाले बिर्तामोड अध्यक्ष सुभाष भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    ताजा अपडेट
    • अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    • अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    • एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    • २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
    • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • एनपीएल विजेताले १ कराेड ५० लाख पाउने
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.