काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड १९ को संक्रमण र त्यसबाट हुने जोखिमसमेत बढेर जाने सम्भावना देखिएको भन्दै शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका कृयाकलापमा पर्नेसक्ने प्रतिकुल असरबारे समीक्षा गरेको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वर्तमान परिस्थितिमा सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलाप संचालक गर्न ध्यानकर्षण गराएको छ।
मन्त्रालयले स्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेको छ। शिक्षण संस्थामा मास्क, स्यानीटाइजरको प्रयोग गर्ने, सावुन पानीले हान धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्था मिलाउन भनिएको छ।
शिक्षण संस्थामा सभा, समारोह, वार्षिकउत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना तत्काललाई रोक्नसमेत भनिएको छ।
दैनिक पठनपाठन भीडभाड नहुनेगरी गर्न र विद्यालय संचालन सम्बन्धी कार्यढाँचा, २०७७ को पूर्णरुपमा अनुसरण गर्नसमेत मन्त्रालयले भनेको छ।
नागरिकदैनिक







