आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १४औँ नम्बरमा उक्लिएको हो । नेपालले १८१ रेटिङ प्राप्त गरेको छ ।
एशियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरीयतामा सुधार गरेको हो । अफगानिस्तान भने एक स्थान तल झर्दै १०औँ नम्बरमा पुगेको छ ।
Advertisement
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटाएको थियो ।
आईसीसी टी-२० वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत् छन् ।







