झापाको बिर्तामोड-५ अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले प्रि-प्राइमरीका विद्यार्थीहरूको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले ६२ औँँ बाल दिवस, ११ औँ संविधान दिवस तथा शिक्षा दिवसको अवसर पारेर शनिबार आयोजना गरेको कार्यक्रममा प्रि-प्राइमरी तहका विद्यार्थीहरूले विशेष सांस्कृतिक प्रस्तुति राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा प्रसाईं पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एडभान्स प्याथोलोजिको निर्देशक डाक्टर सिमा प्रधान रहेकी थिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर प्रधानले विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकाससँगै विद्यालयले गरेको कामको प्रशंसा गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीले विभिन्न जात जातिको धर्म संस्कृति अनुसारको पहिरनमा सजिएर प्रस्तुति दिएका थिए भने नानीबाबुहरूले विभिन्न गीत, नृत्य, कविता तथा मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै विद्यालयका प्रिन्सिपल देबेन्द्र हुमागाईंले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी बिर्तासिटी अस्पतालका डाक्टर बिबिसा बुढाथोकी, बिर्तामोड नगरका शिक्षा शाखाका अधिकृत लासाङ तामाङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरू डाक्टर जेसिका चुडांल, सुजता मैनाली, ईश्वरी मण्डल, विद्यालयका निर्देशक आशिष प्रसाईं, एकेडेमिक इन्चार्ज पराशर दाहाल, स्कुल इन्चार्ज नोयल पेरेरा, वेसिक लेभल इन्चार्ज भिमप्रकाश शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
आमन्त्रीत अतिथिलाई युकेजीका छात्रा रिन्चेन तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रि-पाइमरी इन्चार्ज सावित्रा चापागाईंले गरेकी थिइन ।







