• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, मङि्सर ०७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा सुरु भयो इक्यान लिडर्स मिट ३.०


  •    संवाददाता/ शुक्रबार, असोज ०२, २०८३  

  • नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ आजदेखि झापाको बिर्तामोडमा सुरु भएको छ ।

    तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।

    Advertisement

    कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले शैक्षिक परामर्श व्यवसायीहरुलाई कोशी प्रदेशको शैक्षिक गतिविधि विकासमा लाग्न आग्रह गरेका थिए ।

    Advertisement

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले देशभरका शैक्षिक परामर्श व्यवसायीहरु झापामा भेला भएर कार्यक्रम गरेको भन्दै झापालीको तर्फबाट धन्यवाद दिए ।

    इक्यान झापाको आतिथ्यमा बिर्तामोडस्थित किङ्सबरी होटलमा असोज ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा देशभरबाट इक्यानको केन्द्रीय नेतृत्व, शाखा तथा समन्वय संरचनाका नेतृत्वसहित करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।

    संस्थागत सुदृढीकरण, नेतृत्व विकास, सुशासन तथा नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको आगामी दिशाबारे साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले बताए ।

    कार्यक्रममा नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक सोच, वित्तीय व्यवस्थापन, सञ्चार सीप तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र अन्तरक्रिया हुनेछन् । विभिन्न प्रदेश तथा जिल्लाबाट आएका इक्यान नेतृत्वबीच अनुभव आदानप्रदान, सफल अभ्यासको साझेदारी, संस्थागत सञ्जाल विस्तार तथा रणनीतिक समन्वयका विषयमा समेत छलफल भइरहेको नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष लक्ष्मण पौडेल(एड्रयु)ले जानकारी दिए ।

    लिडर्स मिटको मुख्य उपलब्धिका रूपमा ‘झापा घोषणापत्र’ जारी गर्ने तयारी गरिएको छ । घोषणापत्रमार्फत नेपालको ग्लोबल एजुकेसन मोबिलिटीको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण सार्वजनिक गरिने अध्यक्ष कार्कीले बताए । घोषणापत्रमा विद्यार्थी हित, नैतिक व्यावसायिक अभ्यास, संस्थागत जवाफदेहिता, अन्तर्राष्ट्रिय साझेदारी तथा सरकारसँगको नीतिगत संवादलगायत विषयलाई प्राथमिकता दिइने छ ।

    इक्यानका अनुसार हाल ७५० भन्दा बढी सदस्य संस्था संघमा आबद्ध छन् । पछिल्लो समय विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको बढ्दो आकर्षण, गन्तव्य मुलुकका शिक्षा तथा अध्यागमन नीतिमा भइरहेको परिवर्तन र डिजिटल प्रविधिको विस्तारसँगै शैक्षिक परामर्श क्षेत्रसमेत परिवर्तन हुँदै गएको छ । यस्तो अवस्थामा विद्यार्थी र अभिभावकलाई परामर्श दिने भूमिकासँगै अन्तर्राष्ट्रिय शैक्षिक संस्था, सरकार तथा सरोकारवाला निकायबीच जिम्मेवार र विश्वसनीय शैक्षिक सम्बन्ध निर्माणमा संस्थागत भूमिका बढाउनुपर्ने आवश्यकता रहेको इक्यानका निर्वतमान अध्यक्ष शेषराज भट्टराईले बताए ।

    अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रको सम्भावना र चुनौतीबारे राष्ट्रिय तहमा बहसको आधार तयार हुने आयोजकको विश्वास छ । कार्यक्रमले झापासहित कोशी प्रदेशको शैक्षिक क्षेत्रको विकास र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न जिल्लाका शाखा अध्यक्षहरुले प्रतिवेदनहरु प्रस्तुत गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    ताजा अपडेट
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?
    • बालबालिकाको शिक्षाका लागि महायज्ञ आयोजना गर्दै राधिका फाउन्डेसन
    • आईपीएलबाट धोनीको सन्यास, अब चेन्नईको मेन्टर

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.