नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेशबीच तीन खेलको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला कीर्तिपुरमा आयोजना हुने भएको छ ।
नेपाल र बंगलादेशबीच सन् २०२७ मार्च २६, २८ र ३० मा तीन खेलको टी-२०आई शृङ्खला आयोजना हुने भएको क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
कुनै पनि टेस्ट राष्ट्रले नेपालमा आएर शृङ्खला खेल्न लागेको यो पहिलोपटक हुनेछ । यसकारण यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो शृङ्खला हुनेछ ।
Advertisement
उक्त शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिको स्मृतिमा समर्पित गरिनेछ । शृङ्खलामार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार र विपद्प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरिने जनाइएको छ ।







