जापानमा हुने एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।
Advertisement
एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास र मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।
प्रतियोगिता आउँदो असोज ३ देखि १८ गतेसम्म जापानको आइची-नागोयामा आयोजना हुँदैछ ।







