झापाको बुद्धशान्ति-३, बुधबारेस्थित आदर्श युवा क्लबले आयोजना गर्न लागेको यु-१४ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८३ का लागि झापाली समाज ओमानले प्रथम शिल्ड बापतको रकम सहयोग गरेको छ ।
आगामी भदौ २७ देखि २९ गतेसम्म सञ्चालन हुन गइरहेको प्रतियोगिताका लागि झापाली समाज ओमानले प्रथम शिल्ड बापतको तीस हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिको खेलकुद विकास, सामाजिक कार्य र उमेर समूहका बाल प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको झापाली समाज ओमानका प्रथम उपाध्यक्ष शेखर खतिवडाले जानकारी दिए ।
Advertisement
यसैबीच आयोजकले प्रथम शिल्ड बापतको रकम सहयोग गरेकोमा झापाली समाज ओमानलाई कृतज्ञता व्यक्त गरेको छ ।







