झापाको बिर्तामोडमा अवस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीले राष्ट्रिय विपद्का कारण प्रभावित परिवारहरूको सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।
विद्यालयले राहत अभियानमा अभिभावक, विद्यार्थी, शिक्षक-कर्मचारी एवम् विद्यालय व्यवस्थापनको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा १ लाख ७५ हजार रकम सहयोग गरेको हो ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो धनजनको क्षति भएपछि अभियान अन्तरगत विद्यार्थी तथा अभिभावकहरूको तर्फबाट ६१ हजार, शिक्षक तथा कर्मचारीहरूबाट ६४ हजार र विद्यालयको तर्फबाट ५० हजार गरेर एक लाख ७५ हजार रकम प्याब्सनको खातामा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।
उक्त रकमसहित देशभरका विद्यालयहरूबाट संकलित सम्पूर्ण सहयोग रकम प्याब्सन केन्द्रीय नेतृत्वको पहल तथा समन्वयमा नेपाल सरकारलाई हस्तान्तरण गर्नुका साथै विपद प्रभावित परिवारहरूको राहत तथा सहयोगमा उपयोग गरिने जनाइएको छ ।







