झापाको बिर्तामोडमा अवस्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरुलाई भव्य कार्यक्रमबीच स्वागत गरेको छ ।
किङ्सबेरी होटलमा आज आयोजित विशेष कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्कुलका संस्थापक निर्देशक उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प खड्का, शिक्षक विजय क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्कुलका प्रिन्सिपल गीता ढकालले विद्यालयको पृष्ठभूमिको बारेमा सहजीकरण गरेको कार्यक्रममा १२ मा अध्ययनरत रिदिका भण्डारीले आफ्नो अनुभव सुनाउँदै आफूले अपेक्षा गरेभन्दा पनि उत्कृष्ट स्कुलका रूपमा गोमेन्द्रलाई पाएको बताइन् ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थी स्वस्तिका खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल तीर्थ दाहालले गरेका थिए ।







