• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षासेवी गुरुभक्त न्यौपानेको स्मृतिग्रन्थ लोकार्पण


  •    संवाददाता/ शनिबार, भदौ २०, २०८३  

  • झापाको बिर्तामोडमा अवस्थित कञ्चनजङ्घा अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय तथा कञ्चनजङ्घा नमुना कलेजका संस्थापक गुरुभक्त न्यौपानेको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ ।

    जीवन, व्यक्तित्व, योगदान र शिक्षाप्रतिको समर्पणलाई जीवन्त राख्ने उद्देश्यले प्रकाशित ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ शुक्रबार एक विशेष समारोहबीच लोकार्पण गरिएको होे ।

    Advertisement

    विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि न्यौपानेका गुरु एवं पोखरी माध्यमिक विद्यालय छातेढुङ्गाका पूर्व प्रधानाध्यापक बद्रीप्रसाद ओली रहेका थिए ।

    Advertisement

    कार्यक्रममा स्मृतिग्रन्थको लोकार्पणसँगै साहित्यकार हरिनारायण भट्टराई तथा सहप्राध्यापक लीलाप्रसाद अधिकारीले पुस्तकको समीक्षात्मक परिचय प्रस्तुत गरेको कार्यक्रममा साहित्यकार तथा शिक्षासेवी भट्टराईलाई सम्मान गरिएको थियो ।

    उक्त अवसरमा विद्यालयलयका विद्यार्थी, अभिभावक, कर्मचारी तथा विद्यालयको तर्फबाट बोनम्यारो क्यान्सरबाट पीडित विद्यार्थी साइमन हस्दाको उपचारका लागि २ लाख २५ हजार सहयोग प्रदान गरिएको थियो ।

    यसैबीच गुरुभक्त सरको स्मृतिलाई अझ संस्थागत र चिरस्थायी बनाउने उद्देश्यले १ करोडको अक्षयकोषसहित ‘गुरुभक्त न्यौपाने स्मृति प्रतिष्ठान’ स्थापना गर्ने घोषणा गरिएको विद्यालयका प्रिन्सिपल केशवराज न्यौपानेले जानकारी दिए ।

    प्रतिष्ठानमार्फत हरेक वर्ष साहित्य, संस्कृति, कला, खेलकुद तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।

    कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्की, साहित्यकार लिला उदासी लगायतको आतिथ्यता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.