• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

युवा समूहको सामाजिक सेवा : सामुदायिक विद्यालयका छात्राहरूलाई स्वास्थ्य सामग्री


  •    संवाददाता/ शुक्रबार, भदौ १९, २०८३  

  • झापाको मेचीनगर-१२ अवस्थित युवा समूहले सामाजिक सेवा तथा जनचेतनामूलक अभियान अन्तरगत दुई वटा सामुदायिक विद्यालयका छात्राहरूलाई बिहीबार स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय बन्दै आएको समूहले विद्यालयमा अध्ययनरत किशोरी छात्राहरुलाई महिनावारीसम्बन्धी सामग्री वितरण गरेको हो ।

    Advertisement

    मेचीनगर-१२ स्थित सहरेडाँगीको श्री सरस्वती बालकल्याण माविमा ५०० थान र मेचीनगर-११ स्थित बालभद्र जनता माध्यमिक विद्यालयमा ४०० थान महिनावारीसम्बन्धी सामग्री वितरण गरिएको समुहका संयोजक अमित खम्बुको भनाई छ । समूहबाट संकलित रकम ६२ हजार मूल्य बराबरको उक्त सेनिटरी प्याड वितरण गरिएको समुहका संयोजक खम्बुले जानकारी दिए ।

    Advertisement

    स्वास्थ्य सामग्री वितरण कार्यक्रममा छात्राहरूलाई महिनावारी स्वास्थ्य, सरसफाइ तथा व्यक्तिगत स्वच्छताबारे जानकारीसमेत दिइएको थियो । महिनावारी प्राकृतिक स्वास्थ्य प्रक्रिया भएकाले लाज, डर वा संकोच नमानी खुला रूपमा जानकारी गराउन सहभागी छात्राहरुलाई स्वास्थ्यकर्मीद्वय मेचीनगर-११ कि अञ्चला निरौला र मेचीनगर-१२ कि सरिता मेचेले सचेत गराएका थिए ।

    स्थानीय युवाहरूको सहभागितामा समूहले रक्तदान, बिरामीको उपचारका लागि सहयोग संकलन, सार्वजनिक फलैँचा निर्माण, लागूऔषधविरुद्ध जनचेतना तथा किशोरी स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । यसअघि देउसीभैलोबाट संकलित रकमले विद्यार्थीका लागि स्कुलको बस पर्खाइ तथा सार्वजनिक क्षेत्रमा फलैँचाको निर्माण पूरा गरी गत २०८१ पुस २४ गते उद्घाटन समेत गरेको समूहले जनाएको छ ।

    त्यस्तै समूहले बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न समयमा आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरेको छ । पदम विश्वकर्माको उपचारका लागि चारआली युथसँगको सहकार्यमा १४ हजार संकलन गरी सहयोग पुर्याएको थियो भने १२ वर्षीय अर्जुन नेपाल र क्यान्सर पीडित सुनिता शेर्पाको उपचारका लागि झापा, इलाम, फिदिम तथा ताप्लेजुङका विभिन्न स्थानमा सहयोग अभियान सञ्चालन गरी उपचारमा सहयोग गरेको थियो ।

    मेचीनगर-१३ की रिता राईको उपचारका लागि सञ्चालित ‘रिता राई बचाउ अभियान’ बाट २८ हजार तथा सुरज मगरको उपचारका लागि चारआली युथसँगको सहकार्यमा सञ्चालित ‘सुरज बचाउ अभियान’ बाट ५५ हजार सहयोग संकलन गरिएको समूहले जनाएको छ ।

    समूहले नियमित सामाजिक अभियानका क्रममा विभिन्न समयमा रक्तदान गर्दै आएको छ । सामाजिक सेवासँगै युवालाई सिर्जनात्मक गतिविधिमा जोड्न समूहले होलीको अवसरमा ‘होली लाइभ म्युजिकल कन्सर्ट’ तथा माघे सङ्क्रान्तिमा सांस्कृतिक कार्यक्रमसँगै लागूऔषधविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

    समुदायको आवश्यकता पहिचान गरी ‘युवाको एकता, समाजका लागि सेवा’ भन्ने भावनाका साथ सामाजिक अभियानलाई निरन्तरता दिने समूहले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.