शिक्षासेवी स्वर्गीय गुरुभक्त न्यौपानेको प्रतिमा अनावरण गरिएको छ ।
कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको अर्धकदको प्रतिमा विद्यालय परिसरमा निर्माण गरी आज अनावरण गरिएको उनका छोरा डा.केशवराज न्यौपानेले जानकारी दिए ।
उनले प्रथम वार्षिकीको अवसरमा आफ्ना बुबाको अमर सम्झना र योगदानलाई जीवन्त राख्ने उद्देश्यले विद्यालय परिसरमा प्रतिमा अनावरण गरिएको बताए ।
Advertisement
गत वर्षको साउन ३० गते शिक्षासेवी न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको थियो ।







