• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका साइमनको उपचारका लागि सहयोगको अपिल


  •    संवाददाता/ शुक्रबार, भदौ ०५, २०८३  

  • झापा बिर्तामोडका बालक साइमन हस्दाको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

    बिर्तामोड नगरपालिका-६ स्थित तमिलवाडीका १० वर्षीय साइमनलाई ‘बोनम्यारो’ रोग लागेपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।

    Advertisement

    स्थानीय कञ्चनजंघा इग्लिस बोडिङ स्कुल कक्षा-५ मा अध्ययनरत साइमन एक महिना अघिबाट बिरामी थिए । प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा छोरालाई बोनम्यारो भएको थाहा पाएपछि साइमनका बुवा-आमा छोराको उपचार कसरी गर्ने भन्ने चिन्तामा छन् ।

    Advertisement

    उपचारमा ६० लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने थाहा पाएपछि हस्दा दम्पत्तिले छोराको जीवन बचाईदिन पत्रकार सम्मेलन गर्दै आग्रह गरेका हुन् ।

    सामान्य मजदुरी गरेर जीवन चलाइरहेका हस्दा परिवारले एक मात्र छोराको उपचारमा सहयोग गरिदिन देश तथा विदेशमा रहेका आमनागरिकसँग अपिल गरेका छन् । ‘ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका छौं’ साइमनका बुवा मोहनले भने ‘हामीले यत्रो खर्च जुटाएर उपचार गर्न सक्ने अवस्था छैन, यहाँहरुले सक्दो सहयोग गरेर हाम्रो छोराको जीवन बचाइदिनु हुनेछ भन्ने ठानेर सहयोगको अपिल गरेको हौं ।’

    साइमनकि आमा प्रतिमाले आफ्नो छोराको उपचारको लागि सहयोग गरिदिन आग्रह गर्दै भनिन्‘ ६ महिना भित्र बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ, त्यसको उपचार दिल्लीमा हुन्छ अरे, हामीसँग त्यत्रो पैसा छैन’ सबैले सहयोग गर्नुभयो भने छोराको उपचार सम्भव छ भनेर हामीले सहयोगको अपिल गरेको हौं ।’

    अहिले साइमनलाई १५/१५ दिनमा रगत चडाउनुपर्छ । रगत चडाउन ढिलो भए उनी असक्त जस्तै हुन्छन् । साइमनको उपचारका लागि स्थानीय युवा पनि जुटेका छन् । साइमन बचाऔं अभियान सञ्चालन गरेर उनको उपचार गर्ने युवा नितेश डाँगीले बताए । ‘एउटा बालक खर्च अभावमा उपचारबाट बन्चित हुनुहुँदैन भन्ने उद्देश्यले हामी युवाहरु जुटेका छौं’ उनले भने ‘यहाँहरु सवैले साइमनको उपचारका लागि सहयोग गर्नुहुनेछ ।’

    साइमनको उपचारमा सहयोग गर्न चाहनेहरुले सानिमा बैंक बिर्तामोड शाखामा रहेको बुबा मोहन हस्दाको खाता नम्बर ०३७०११०६०००३७५६ मा गर्न सकिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.