• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, भदौ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

क्यान्सर खोप परीक्षणमा उत्साहजनक परिणाम देखिएको अनुसन्धानकर्ताको दाबी


  •    संवाददाता/ बिहिबार, भदौ ०४, २०८३  

  • अमेरिकाको फ्लोरिडामा रहेको एक क्यान्सर अनुसन्धान केन्द्रमा गरिएको व्यक्तिगत क्यान्सर खोपको प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाएको छ ।

    औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको यो खोपलाई किट्रुडा नामक औषधिसँग संयोजन गरेर प्रयोग गरिएको बीबीसीले जनाएको छ ।

    Advertisement

    एक हजारभन्दा बढी उच्च जोखिमयुक्त छालाको क्यान्सर भएका बिरामी सहभागी चरण-३ को परीक्षणमा खोप र किट्रुडाको संयोजनले बिरामीलाई लामो समयसम्म क्यान्सरमुक्त राख्न सफल भएको कम्पनीले जनाएको छ ।

    Advertisement

    त्यस्तै क्यान्सर शरीरका अन्य अंगमा फैलिने जोखिमसमेत घटेको दाबी गरिएको छ । ‘इन्टिस्मेरान’ नाम दिइएको यो खोप हरेक बिरामीको ट्युमरअनुसार व्यक्तिगत रूपमा तयार गरिन्छ । खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई बाँकी रहेका क्यान्सर कोष पहिचान गरी त्यसमाथि आक्रमण गर्न निर्देशन दिने उद्देश्य राख्छ ।

    यसमा कोभिड-१९ विरुद्धका केही खोपमा प्रयोग भएको एमआरएनए प्रविधिको प्रयोग गरिएको छ । कम्पनीहरूले प्रारम्भिक परिणामलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि यसको पूर्ण विवरण अझै सार्वजनिक भएको छैन र स्वतन्त्र विज्ञहरूबाट समेत पूर्ण समीक्षा हुन बाँकी छ ।

    त्यसैले यो खोपले दीर्घकालमा कति प्रभावकारी रूपमा काम गर्छ र बिरामी कति समयसम्म क्यान्सरमुक्त रहन्छन् भन्ने विषयमा थप तथ्य आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    झापामा जापानिज इन्सेफ्लाइटिसबाट थप एक जनाको मृत्यु
    ताजा अपडेट
    • रसुवा बाढी: ६२४ विदेशी नागरिक बेपत्ता, भारतका सबैभन्दा धेरै
    • भोटेकोशी बाढी अपडेट: बेपत्ता भएकामध्ये ३५९ जनाको शव भेटियो
    • बाढीपीडितको उद्धार र राहतमा देश-विदेशबाट जुट्न थाल्यो सहयोग
    • भोटेकोशी बाढी: ९५ जनाको शव भेटियो, २८ जना प्रहरी सम्पर्कबिहीन
    • पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
    • जन्मदिनमा पत्रकार गौतमद्वारा शिक्षण शुल्कसहित शैक्षिक सामग्री सहयोग
    • फ्रान्सले विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने
    • नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा पाण्डे, पत्रकार गौतम र शिवाकोटी सम्मानीत
    • डायपर प्रयोग सही रुपमा नहुँदा हुन सक्छ पिसाब संक्रमण
    • सीप र रोजगारी सुनिश्चित गर्ने नीति बनाउन सरकारसँग माग

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.