• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, भदौ ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भाइरल ज्वरो र मौसमी रुघाखोकी यसरी चिन्ने?


  •    संवाददाता/ मङ्गलबार, भदौ ०२, २०८३  

  • पछिल्लो केही दिनयता भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । ज्वरो आउने, टाउको तथा हातखुट्टा दुख्ने र रुघाखोकी लाग्नेजस्ता लक्षणका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका हुन् ।

    मनसुनका कारण ज्वरो र रुघाखोकी लागेर अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पुग्ने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।

    Advertisement

    उनका अनुसार मौसमी रुघाखोकी र भाइरल ज्वरो दुवै भाइरसका कारण हुन्छन् । मौसमी रुघाखोकीमा मुख्यतया नाकबाट पानी बग्ने, हाच्छ्युँ आउने र सामान्य वा हल्का ज्वरो आउँछ । भाइरल ज्वरोमा भने शरीर भारी हुने, कडा वा उच्च ज्वरो आउने, टाउको तथा हाडजोर्नी र मांसपेशी दुख्नेजस्ता लक्षणहरू बढी देखिन्छन् ।

    Advertisement

    मौसमी रुघाखोकी

    नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने ।

    लगातार हाच्छ्युँ आउने ।

    घाँटी खसखस हुने वा दुख्ने ।

    हल्का वा सामान्य ज्वरो आउने ।

    शरीरमा सामान्य थकान महसुस हुने ।

    भाइरल ज्वरो

    एक्कासि उच्च ज्वरो आउने ।

    शरीर, जोर्नी र मांसपेशीहरू असाध्यै दुख्ने ।

    कडा टाउको दुखाइ र चक्कर लाग्ने ।

    खान मन नलाग्ने र बढी नै कमजोरी हुने ।

    कतिपयलाई बान्ता हुने वा झाडापखाला लाग्नेजस्ता पेटसम्बन्धी समस्या देखिने ।

    अपनाउने सामान्य सावधानी तथा उपायहरू

    झोलिलो पदार्थ: मनतातो पानी, सुप, कागती पानी र जुस प्रशस्त मात्रामा पिउने ।

    आराम: शरीरलाई पूर्ण रूपमा आराम दिने ।

    घरायसी उपचार: ज्वरो वा टाउको दुखेमा सिटामोल खान सकिन्छ । चिकित्सकको सल्लाहबिना अनावश्यक एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन ।

    खानपान: पोषिलो र ताजा खाना खाने ।

    कहिले अस्पताल जाने?

    ३ दिनभन्दा बढी समयसम्म लगातार उच्च ज्वरो नघटेमा ।

    श्वास फेर्न गाह्रो भएमा वा छाती दुखेमा ।

    असाध्यै बढी कमजोरी भई उठ्न नसक्ने भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्ने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोड्री बार्सिलोनामा अनुबन्धित, म्यानचेस्टर सिटीसँगको सात वर्षे यात्रा समाप्त
    भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    यस्ता खानेकुराले बिगार्छ कलेजो ?
    ताजा अपडेट
    • रोड्री बार्सिलोनामा अनुबन्धित, म्यानचेस्टर सिटीसँगको सात वर्षे यात्रा समाप्त
    • सामुदायिक विद्यालयमा शिक्षामन्त्री, देशभर अवलोकनलाई निरन्तरता दिइने
    • प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षकसहित सात जनाविरुद्ध मुद्दा दायर
    • भाइरल ज्वरो र मौसमी रुघाखोकी यसरी चिन्ने?
    • पूर्व विद्यार्थीद्वारा बाबुआमाका नाममा अक्षयकोष स्थापना
    • कपालको लम्बाइभन्दा शिक्षाको गहिराइ
    • बिर्तामोडमा विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका तथा साधन सम्बन्धी तालिम
    • भ्वाइस किड्सको उपाधि सुवासना खड्कालाई
    • स्मृति दिवसमा शिक्षासेवी गुरुभक्त न्यौपानेको सम्झना
    • सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.