• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नागरिकले अझै सम्झने निवर्तमान सभामुख घिमिरेको त्यो संवेदनशील अभ्यास


  •    संवाददाता/ आइतबार, साउन २४, २०८३  

  • झापा क्षेत्र नं.२ मा एक समय यस्तो अभ्यास थियो, जसले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई औपचारिकताभन्दा माथि उठाएको थियो ।

    तत्कालीन सभामुख देवराज घिमिरेको सचिवालय बिरामीको स्वास्थ्य बुझ्न, शोकमा परेका परिवारलाई समवेदना व्यक्त गर्न तथा विभिन्न दु:ख-सुखका घडीमा घरदैलोमै पुग्ने गर्थ्यो ।

    Advertisement

    सचिवालयको तर्फबाट समवेदना पत्र, शुभकामना तथा आवश्यक सहयोगका सन्देश लिएर पुग्ने यो अभ्यासले सामान्य नागरिकलाई पनि राज्य आफनै साथमा रहेको अनुभूति गराएको थियो ।

    Advertisement

    सभामुख भएपश्चत घिमिरे शोकमा परेका परिवारलाई समवेदना व्यक्त गर्न एक्काइस सय २२ वटा घरमा पुगेका थिए ।

    शोकमा परेका परिवारमा मात्र नभएर आफनो निर्वाचन क्षेत्रमा रहेका अपाङ्ग, अशक्त, अन्यायमा परेका तथा हस्पिटलमा उपचार गर्न समस्या भएकाहरुलाई सरकार, विभिन्न व्यक्ति तथा राजनीतिक दलसँग समन्वय तथा सहकार्य गर्न घिमिरे सक्रियताका साथ लाग्थे ।

    राज्यको उपस्थिति केवल नीति, योजना र बजेटमार्फत मात्र होइन्, नागरिकको पीडा र संवेदनसँग जोडिएर पनि महसुसमा हुन्छ भन्ने उदाहरण निवर्तमान घिमिरेको अभ्यासले प्रष्ट पार्दछ ।

    दु:खको समयमा जनप्रतिनिधि वा उनीहरुको प्रतिनिधित्व गर्न संयन्त्र घरदैलोमा पुग्दा त्यसले नागरिकमा आत्मीयता, विश्वास र अपनत्वको भावना बढाउन मद्दत गर्दछ ।

    हाल झापा क्षेत्र नं.२ बाट तीन जना महिला सांसद निर्वाचित रहेका छन् । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना मगर तथा सामानुपातिकतर्फ नेकपा एमालेबाट निता घतानी र नेपाली कांग्रेसबाट सुशिला ढकाल आचार्य । तीन फरक राजनीतिक दलबाट निर्वाचित उनीहरु जनताको अपेक्षा र विश्वासको प्रतिनिधित्व गर्छन् । नागरिकको अपेक्षा कुनै राजनीतिक दल वा व्यक्तिप्रति लक्षित होइन । जनप्रतिनिधि भनेको जनताको सुखदुखका सहयात्री हुन भन्ने भावना अझ बलियो बनोस् भन्ने चाहना जनतामा रहेको छ ।

    बिरामीको अवस्था बुझ्ने, शोकमा परेका परिवारलाई समवेदना दिने, सामाजिक उत्तरदायित्वका काममा सक्रिय रहने र जनताको घरदैलोमा पुग्ने संस्कृतिले लोकतन्त्रलाई अझ जीवन्त र विश्वासिलो बनाउँछ ।

    विकास निर्माणका योजना र कानुन निर्माणसँगै नागरिकको भावनासँग जोडिने यस्ता मानवीय अभ्यासले जनप्रतिनिधिको भूमिकालाई अर्थपूर्ण बनाउँछ ।

    झापा क्षेत्र नं.२ का नागरिक आज पनि त्यही आत्मीय, जिम्मेवार र जनमूखी प्रतिनिधित्वको अपेक्षा गरिरहेका छन् । लोकतन्त्रको वास्तविक शक्ति जनतासँग निरन्तर जोडिएको, संवेदनशील र उत्तरदायी जनप्रतिनिधि नै हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.