• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल


  •    संवाददाता/ बिहिबार, असार ३२, २०८३  

  • शैक्षिक क्षेत्रमा करिब तीन दशकबाट सक्रिय उत्तम खनाल बिर्तामोडबासीका लागि नयाँ नाम होइन् । शैक्षिक क्षेत्रको लामो अनुभवलाई सदुपयोग गर्दै खनालले नजिकिदै गरेको स्थानीय तहको निर्वाचन अन्तरगत बिर्तामोड नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने चर्चा चुलिएको छ ।

    समाजसेवालाई सँगसँगै अगाँल्दै अघि बढेका अब्बल तथा शैक्षिक अभियान्ता खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मेयर पदको बलियो उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गर्ने तयारी गरिएको बुझिएको छ ।

    Advertisement

    राजनीति क्षेत्रमा करिब १५ वर्षबाट क्रियाशिल भए तापनि अब भने सक्रिय रुपमा राजनिती क्षेत्रबाट केही पृथक योजनसहित अघि बढ्ने उनको योजना रहेको छ ।

    Advertisement

    गोमेन्द्र बिर्ता मोडलका फाउन्डर समेत रहेका खनाल हाल रास्वपाको प्रदेश शिक्षा समिति सदस्य रहेका छन् ।

    बिर्तामोड नगर प्याब्सनको १३ वर्ष नेतृत्व गरेका खनालले सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला हिसानको वरिष्ठ उपाध्यक्ष, मेची सहकारी बिर्तामोड संयोजक, बाल संगठन झापा जिल्ला सदस्य लगायत अन्य संघसंस्थामा विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेको छ ।

    खनालले आफूलाई पार्टीले विश्वास गरेर टिकट दिएर जनताले नगर प्रमुखमा निर्वाचित गराएमा आफ्नो कार्यकालमा पालिकाको गाडी प्रयोग नगर्ने घोषणा समेत गरेका छन् ।

    उनी भन्छन् “यदि पार्टीले मलाई विश्वास गरेर मेयर पदमा टिकट दिएर जनताको मन जितेर निर्वाचित भएमा म राज्यले प्रदान गर्ने गाडी होइन, आफनै निजी सवारी प्रयोग गर्नेछु, बरु उक्त गाडीलाई अतिआवश्यक कामका लागि प्रयोगमा ल्याउने छु ।”

    उनले कार्यपालिका बैठकलाई जनता सामू जस्ताको त्यस्तै पुर्याउन प्रत्येक मिटिङ्गलाई लाइभ गर्ने समेत बताए ।

    उनका अनुसार जनताले स्थानीय तहबाट ठूलो अपेक्षा समेत नराखेको बताउँछन् । जनताले प्रत्येक वडाबाट सिटामोल, एम्बुलेन्स तथा कृषकका लागि आवश्यक सामग्री सहुलियतमा प्रदान गरोस् भन्ने अपेक्षा राख्ने भएकाले त्यस्ता आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    उनले आफनो कार्यकालमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधारको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको बताए । शैक्षिक क्षेत्रमा लामो समय काम गरेको हिसाबले खनालले आफनो तलबबाट विपन्न परिवारका बालबालिकालाई नि:शुल्क पढाउने लक्ष्य रहेको बताएका छन् ।

    उनका अनुसार स्थानीय तहमा आउने अनुदान वा कार्यक्रमका लागि आफ्ना मान्छे छान्ने परिपाटीलाई अन्त्य गर्ने बताए ।

    पछिल्लो समय बाटो नबन्दा जनता आक्रोशित हुने भन्दा पनि बिग्रेको बाटो तत्काल पुन: निर्माण नगर्दा निराश हुने परिपाटी बढेको भन्दै त्यस्ता समस्यालाई अन्त्य गर्ने खनालले बताएका छन् ।

    शिक्षासेवीबाट जनसेवामा लाग्ने खनालको चर्चाले आम नगरवासीमा सकारात्मक सन्देश फैलिदै गएको बुझिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.