• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदिमा बाल क्लबको नयाँ नेतृत्व, कार्यसमितिले लियो सपथ


  •    संवाददाता/ सोमबार, असार ०८, २०८३  

  • झापाको बिर्तामोड-२ स्थित निदि अङ्ग्रेजी माध्यमिक विद्यालयमा गठन भएको निदि बाल क्लबको नयाँ कार्यसमितिले एक विशेष कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ ।

    बालबालिकामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले गठित क्लबको अध्यक्षमा रितिका शाह निर्वाचित भएकी छन् ।

    Advertisement

    क्लबको वरिष्ठ उपाध्यक्षमा अंश सुवेदी, उपाध्यक्षमा करिस्ता चापागाईं, सचिवमा मनिता भट्टराई, सहसचिवमा सुलभ आचार्य तथा कोषाध्यक्षमा अभियान थापा सर्वसम्मत चयन भएका छन् ।

    Advertisement

    त्यसैगरी सदस्यहरूमा आयुष हजाम, अंशु लिम्बु, आरएन काफ्ले, हङ्सिका चौधरी, श्रीजेश शिवाकोटी, श्रीनवी प्रसाईं, सम्राट सापकोटा र आरोसी चिमरिया चयन भएका छन् ।

    त्यस्तै फोकल पर्सनमा शिक्षक घनश्याम पौडेल चयन भएका छन् ।

    निदि बाल क्लबका निवर्तमान अध्यक्ष प्रियंसु ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिका तथा सञ्चार मञ्च झापाका संयोजक तथा पत्रकार सरोज पौडेल प्रमुख अतिथि रहेका थिए ।

    विद्यालयका प्रधानाध्यापक भीष्म प्रसाईंले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बालबालिकाको नेतृत्व क्षमता विकास, अनुशासन, जिम्मेवारीबोध तथा सामाजिक चेतनाको अभिवृद्धिका लागि बाल क्लब महत्वपूर्ण माध्यम भएको बताए ।

    उनले विद्यालयले विगतदेखि नै बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउँदै आएको उल्लेख गर्दै सार्वजनिक वक्तृत्वकला, रचनात्मक लेखन, सामाजिक अभियान, सरसफाइ कार्यक्रम, विविध दिवस मनाउने गतिविधि तथा बौद्धिक प्रतियोगितामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको बताएका छन् ।

    कार्यक्रममा निवर्तमान कार्यसमितिका तर्फबाट अध्यक्ष प्रियंसु ढकाल र नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष रितिका शाह तथा सचिव मनिता भट्टराईले माइन्युट हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण समेत गरेका थिए ।

    उक्त अवसरमा नवनिर्वाचित कार्यसमितिका सदस्यहरूलाई बाल क्लबको आधिकारिक टिसर्ट समेत वितरण गरिएको थियो ।

    प्रमुख अतिथि सरोज पौडेल र प्रधानाध्यापक भीष्म प्रसाईंले संयुक्त रूपमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई खादा, माला तथा दोसल्ला ओढाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

    प्रमुख अतिथि पौडेलले नेतृत्व प्राप्त गर्नु मात्र ठूलो कुरा नभई सबैलाई समेटेर जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नु नै नेतृत्वको वास्तविक परीक्षा भएको बताए ।

    क्लबका सचिव त्रिविन सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक तथा फोकल पर्सन घनश्याम पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.