• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालय कर्मचारीका समस्या समाधानको माग गर्दै नगर प्रमुख र शिक्षा प्रमुखलाई ज्ञापनपत्र


  •    संवाददाता/ बुधबार, असार ०३, २०८३  

  • नेपाल विद्यालय कर्मचारी परिषद् तथा बालविकास सञ्जाल बिर्तामोड नगर कार्यसमितिले विद्यालय कर्मचारीका समस्या समाधानको माग गर्दै नगर प्रमुख र नगर शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

    नगर कार्यसमितिले आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्यालय कर्मचारीका मागहरू बेवास्ता गरिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गर्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।

    Advertisement

    नेपाल विद्यालय कर्मचारी परिषद् झापाका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं, बालविकास सञ्जाल बिर्तामोड नगर कार्यसमिति संयोजक विष्णुदेवी बुढाथोकी (विन्दा) र नेपाल विद्यालय कर्मचारी परिषद् बिर्तामोड नगर कार्यसमिति अध्यक्ष डिल्लीराम नेपालले नगर प्रमुख प्रसाईं र भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा ६ बुँदे माग अघि सारिएको छ ।

    Advertisement

    कार्यसमितिले नगर प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा विद्यालय सञ्चालनमा मेरुदण्डको रुपमा काम गरिरहेका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकको श्रम, योगदान र भविष्य प्रति राज्य जानकार भए पनि निरन्तर उपेक्षा गरिरहनु अन्यायपूर्ण विभेदकारी व्यवहार हो । राज्यले यस वर्गलाइ सधै काम गर्ने हतियारको रुपमा प्रयोग गरिरहेको छ । उनिहरुको सम्मान जनक जीवनयापन, सामाजीक सुरक्षा तथा सेवा सुविधा प्रति संवेदनशीलता नदेखाउनु खेदजनक रहेको उल्लेख गरिएको छ ।

    त्यस्तै ज्ञापनपत्रमा विद्यालय स्थापना कालदेखि हालसम्म निरन्तर सेवामा खटिरहेको यो वर्गलाइ सेवा सुविधाको नाममा न्यूनतम पारिश्रमिक भनेर अझ मनोवल गिराउन राज्य लागी परेको देखिन्छ । विगतका वर्षहरुमा पनि हामी विद्यालय कर्मचरी तथा बालविकास शिक्षकबाट यस कार्यालय अथवा स्थानिय सरकार सामु पटक पटक मागपत्र बुझाउने काम भएकै हो । सो माग पत्रको सुनुवाई आजका दिन सम्म भएको पाइएन । आशा छ आगामी दिनमा यस पत्रमार्फत व्यक्त गरिएका हाम्रा माग मुद्धा पूर्णतया सम्बोधन हुनेछन् भन्ने आशा व्यक्त गर्न चाहन्छौ ।

    ज्ञापनपत्रमा विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुको दरबन्दी, सेवा सर्त सम्बन्धि स्पष्ट कानुनी व्यवस्था सहितको स्थानिय शिक्षा ऐनमा समावेश गरियोस । उक्त ऐनमा कर्मचारी र बालविकास शिक्षकहरुको तलब भक्ता तथा सेवा सुविधाहरु कर्मचारीलाई निजामती कर्मचारी सरह र बालविकास शिक्षकलाई प्रा.वि.शिक्षक सरह हुनेगरी स्थानिय बजेटमा व्यवस्था गरियोस्, आगामी आ.व.२०८३/०८४ को बजेटमा विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई दरबन्दी अनुसारको सेवा सुविधाको व्यवस्था गरियोस्, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुलाई आ.व.२०८३/०८४ देखि सञ्चय कोषको व्यवस्थाको माग गरिएको छ ।

    त्यस्तै सामाजिक सुरक्षा कोषमा आबद्धता गराइयोस्, अवकास पछी सञ्चित विदा, बिमारी विदा साथै औषधी उपचार खर्चको व्यवस्था गरियोस्, आ.व.२०८३/०८४ देखि ६० वर्ष पुगेर अवकास हुने विद्यालय कर्मचारी र बालविकास शिक्षकहरुको सम्मानजनक सेवा सुविधाको व्यवस्था गरियोस् लगायतका मागहरु समेत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.