• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तक्षशिलाद्वारा मदरसालाई शैक्षिक सामग्री र फर्निचर सहयोग


  •    संवाददाता/ बिहिबार, जेठ २८, २०८३  

  • झापाको बिर्तामोडमा अवस्थित तक्षशिला प्रोग्रेसिभ इङ्गलिस स्कुलले झापा गाउँपालिकाका मदरसाहरूमा शैक्षिक सामग्री तथा फर्निचर सहयोग प्रदान गरेको छ ।

    सामाजिक उत्तरदायित्वअन्तर्गत समावेशी शिक्षा तथा सामुदायिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्कुलले झापा गाउँपालिकाको झापा बजारमा रहेको मदरसा इस्लामिया रोहिमारी तथा मुस्लिम गर्ल्स मदरसामा आवश्यक शैक्षिक सामग्री तथा फर्निचर प्रदान गरेको हो ।

    Advertisement

    तक्षशिला प्रोग्रेसिभ इङ्गिलस स्कुलका संरक्षक दुर्गाप्रसाद प्रसाईंको विशेष उपस्थितिमा भएको कार्यक्रममा विद्यार्थीहरूको अध्ययन-अध्यापनलाई थप सहज, व्यवस्थित तथा गुणस्तरीय बनाउन ६० सेट डेस्क-बेञ्च हस्तान्तरण गर्नुका साथै विद्यार्थीहरूको सुविधाजनक अध्ययनका लागि १० वटा कक्षाकोठा पूर्ण रूपमा व्यवस्थापन गरी सम्बन्धित मदरसाहरूलाई हस्तान्तरण गरिएको थियो ।

    Advertisement

    उक्त अवसरमा बोल्दै संरक्षक प्रसाईंले शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै देशका हरेक बालबालिकाले गुणस्तरीय शिक्षामा समान पहुँच प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे । उनले शैक्षिक संस्थाहरूको सुदृढीकरण तथा आवश्यक पूर्वाधार विकासमार्फत सक्षम र शिक्षित समाज निर्माण गर्न सकिने बताए ।

    शैक्षिक सामग्री तथा फर्निचर हस्तान्तरण कार्यक्रमपश्चात् सोही स्थलमा बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।

    शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो । स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा समुदायका अन्य सदस्यहरूले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.