हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ ।
सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हराएको हो ।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो । नेपालका कुशल भुर्तेलले ६५ र रोहित पौडेलले नटआउट ३५ रन बनाए । हङकङका आयुष शुक्ला र एहसान खानले १र१ विकेट लिएका थिए ।
Advertisement
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । हङकङका अंशुमन रथले ८० र शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिएका थिए ।
यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।







