बिर्तामोड नगरपालिकाले नगरका दुई जना उत्कृष्ट गणित शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरेको छ ।
नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट औसत सिकाइ उपलब्धि हासिल गराउन सफल शिक्षकलाई सम्मान गरिएको हो ।
नगरपालिकामा आयोजित ‘शैक्षिक सत्र २०८३ को कार्ययोजना तथा प्रतिबद्धता हस्ताक्षर’ कार्यक्रमका बीच सामुदायिक विद्यालयतर्फ नं.२ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका शिक्षक चुडामणी पौडेल र संस्थागत तर्फ वडा नं.७ को कञ्चन अंग्रेजी बोर्डिङ स्कूलका शिक्षक सागर कोइराला रहेका छन् ।
सम्मानित शिक्षकहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईं, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र उपसचिव तिलचन भण्डारीले दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरेका थिए ।
शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार कक्षा ८ को परीक्षामा साङ्गवेद संस्कृत माविले औसत स्तरीकृत अंक ३.२५ र कञ्चन बोर्डिङले ३.६२ हासिल गरेका थिए ।







