• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कनमा उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न


  •    संवाददाता/ शनिबार, जेठ २३, २०८३  

  • झापाको बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा सञ्चालन भएको पाँचदिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।

    “आफ्नो आवाज, आफ्नो आत्मविश्वास:सफलतातर्फको पहिलो कदम” भन्ने मूल नारासहित जेठ १८ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको तालिम आदर्श अफ म्यानेजमेन्ट स्कुलको प्राङ्गणमा सम्पन्न भएको हो । नारी सञ्चार गृह झापाको सहजीकरणमा सञ्चालित तालिममा बिर्तामोडका सात वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।

    Advertisement

    शिक्षकहरूमा उद्घोषण कला, सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार, नेतृत्व क्षमता तथा व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा उद्घोषण कला, मञ्च सञ्चालन, प्रस्तुतीकरण सीप, आत्मविश्वास विकास, सञ्चारकला तथा व्यक्तित्व विकासका विविध विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

    Advertisement

    तालिममा नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, उपाध्यक्ष जोस्ना श्रेष्ठ, पूर्व अध्यक्ष भीमा शिवाकोटी, सचिव दीपा पोखरेल लगायतले प्रशिक्षण दिएका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी रहेका थिए ।

    कार्यक्रममा कञ्चनजङ्घा स्कुलका प्रधानाध्यापक केशव न्यौपाने, प्याब्सन बिर्तामोड नगर समितिका सचिव दीपाङ्कर मैनाली, सह-कोषाध्यक्ष दीपक चौलागाईं लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

    समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले प्रभावकारी सञ्चार र आत्मविश्वास शिक्षक तथा विद्यार्थी दुवैका लागि अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता तालिमले व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

    त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओझाले शिक्षकहरूको क्षमता विकास र शैक्षिक गुणस्तर सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

    तालिममा सहभागी शिक्षकहरूले कार्यक्रम अत्यन्तै फलदायी र उपलब्धिमूलक रहेको प्रतिक्रिया दिएका छन् । उनीहरूले उद्घोषण कला, सार्वजनिक वक्तृत्व, प्रभावकारी सञ्चार तथा व्यक्तित्व विकाससम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको बताउँदै यस्ता तालिमले आत्मविश्वास वृद्धि तथा पेशागत दक्षता विकासमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेका थिए ।

    समापन समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोजकले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिने विद्यालय सञ्चालक तथा कार्यक्रम संयोजक सरोज पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.