साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २-१ गोलले पराजित भएको हो ।
खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो । त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयमा बङ्गलादेशले अर्को गोल गरेको थियो ।
Advertisement
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज राति भारत र भूटान खेल्दै छन् । अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा यो खेलको विजेतासँग खेल्ने छ ।







