बिर्तामोड नगरस्तरीय सामाजिक अध्ययन प्रदर्शनी प्रतियोगितामा गोमेन्द्र विर्ता मोडेल प्रथम भएको छ ।
एभरेष्ट स्मार्ट एजुकेशन फाउन्डेसनको सहआयोजनामा भएको प्रतियोगितामा प्रशान्ती एजेकेशन एकाडेमी दोश्रो तथा महेन्द्र माध्यमिक विद्यालय तेस्रो भएको छ ।
बिर्तामोड नगरभित्रका २० वटा विद्यालयको सहभागीता रहेको प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश: ७ हजार, ५ हजार र ३ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सामाजिक अध्ययन विषय समिति संयोजक सरस्वती दाहाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं रहेकी थिइन् ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा अधिकृत जानुका रेग्मी, शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेल, महेन्द्र ज्योति स्कुलका प्रधानाध्यापक जयकुमार झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इन्दिरादेबि बरालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन ममता राजबंशीले गरेकी थिइन् ।







