झापाको बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा हस्तलेखन तालिम गरिएको छ ।
शनिबार एक कार्यक्रमकाबीच लिङ्कनले तालिमको आयोजना गरेको हो । तालिममा बिर्तामोडमा सञ्चालित सात वटा निजी विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
नेपाली र अंग्रेजी भाषा शुद्व लेख्न, सुन्दर र रचनात्मक बनाउन तथा शिक्षकको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।
Advertisement
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक पौडेलले गरेका थिए ।
लिङ्कनले यसअघि पनि यस्ता किसिमका विभिन्न तालिमको आयोजना गर्दै आएको छ ।







