• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका ६ वटा विद्यालयको विद्यार्थी संख्या २० भन्दा कम


  •    संवाददाता/ मङ्गलबार, जेठ ०५, २०८३  

  • झापाका ६ वटा विद्यालयमा २० भन्दा कम विद्यार्थी रहेको पाइएको छ ।

    मेचीनगरको श्रीकृष्ण प्राथमिक विद्यालयमा जम्मा ९ जना विद्यार्थी छन् । इसिडी २ र अन्य कक्षाका ७ गरी त्यहाँ ९ जना विद्यार्थी अध्ययनरत रहेका हुन् । त्यहाँ ३ जना शिक्षक कार्यरत छन् भने मेचीनगरकै मेची प्राविमा इसिडी ८ र अन्य कक्षाको ३ गरी जम्मा ११ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरुलाई पढाउन एकजना शिक्षक कार्यरत छन् ।

    Advertisement

    त्यस्तै अर्जुनधारा नगरपालिकामा रहेको भागवत भक्ति आश्रममा ६ जना विद्यार्थी रहेका थिए । सत्यापनपछि अहिले विद्यार्थी संख्या २४ पुगेको छ । त्यहाँ दुईजना शिक्षक कार्यरत छन् ।

    Advertisement

    त्यसैगरी गौरादह नगरपालिकास्थित तालिमूल फकिरढिपमा इसिडी १० र अन्य कक्षाका १० गरी २० जना विद्यार्थी छन् भने उनीहरुलाई पढाउन एकजना शिक्षक छन् भने गौरादहकै शिवशक्ति विद्यापीठमा १८ जना विद्यार्थी पढाउन पाँचजना शिक्षक रहेका छन् ।

    त्यस्तै बुद्धशान्तिमा रहेको तिरुपति संस्कृत गुरुकुल पाठशालामा २० जना विद्यार्थी पढाउन दुई जना शिक्षक कार्यरत रहेका छन् । त्यहाँ कक्षा ६ देखि ८ सम्म पढाइ हुने गरेको छ ।

    सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण घट्दै गएपछि स्थानीय तहहरुले विद्यालय मर्ज गर्न थालेका छन् । भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गरेको छ । नगरपालिकाले विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि-२०८३ अनुसार नगरभित्रका चारवटा विद्यालयलाई समायोजन र २३ शिक्षक (बाल विकाससहित) को दरबन्दी मिलान गरेको हो ।

    त्यसैगरी कमल गाउँपालिकाले पनि विद्यालय समायोजन गरेको छ भने बाह्रदशी र कचनकवल गाउँपालिकाले दरबन्दी मिलान गरेका छन् । प्रतिदिन दैनिकबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.