झापाको बिर्तामोडमा अवस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले चमरधाप आधारभूत विद्यालयलाई ६० हजार रकम सहयोग गरेको छ ।
बिर्तामोड-१० मा अवस्थित विद्यालयले दाताको सहयोगमा खरिद गरेको विद्यार्थी बोक्ने सिटी सवारी चालकलाई भुक्तानी गर्ने आर्थिक स्रोत नभएका कारण थन्किएको थियो ।
संस्थाले विद्यालयको अनुरोधमा एक वर्षसम्म चालकलाई भुक्तानी गर्नुपर्ने ६० हजार रकम सहयोग गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
Advertisement
हाल उक्त सवारी सोही विद्यालयकी शिक्षिकाले चलाउँदै आएकी छन् ।







