आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-टु श्रृंखला अन्तर्गत घरेलु मैदानमा नेपालले आज युएईसँग खेल्दैछ ।
काठमाडौँको त्रिवि क्रिकेट रङ्गशालामा श्रृंखला सुरू हुन लागेको हो ।
नेपाल र युएईबीचको खेल बिहान साढे ९ बजेदेखि सुरू हुनेछ । यो शृङ्खलामा नेपालसहित युएई र ओमान रहेका छन् । यी टोलीले एक आपसमा दुई-दुई खेल खेल्ने छन् ।
Advertisement
त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृंखला खेल्ने छ । अहिले ८ टोलीमध्ये २० खेलमा जम्मा ५ जीत निकालेको नेपाल १२ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।







